एमसीसी पास भए देश गृहयुद्धमा जान सक्छः गजुरेल

काठमाडौँ – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन्। एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनले शुक्रबार काठमाडौँमा गरेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताए। उनले कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको […]

सम्बन्धित सामग्री

एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘ हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु होः राजेन्द्र लिङ्देन

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पास गरे देश द्वन्द्वमा फस्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभामा बोल्दै सिंगो देशलाई एमसीसीको विषयले विभाजन गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । ‘एमसीसी स्थगन गर्नुपर्छ,’ लिङ्देनले भने,‘यथास्थितिमा एमसीसी पास गर्नु देशलाई द्वन्द्वमा लैजानु हो ।’ उनले सदनले गर्ने निर्णय सबै ठिक हुँदैन […]

हामी संसदीय प्रक्रियामै छैनौ, कसरी एमसीसी पास/फेल गराउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताउनुभएको छ । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताउनुभएको हो । “हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ”, उहाँले भन्नुभयो, …

एमाले एमसीसी पास गर्ने अवस्थामा छैन : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्म

सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जान्छ : नेता खनाल

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि देशमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवासपना मात्र भएको जिकिर गर्नुभयो ।  सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, देश, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकताबद्ध हुनुपर्ने बताउनुभयो ।...

एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सिपी गजुरेल

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् ।  शुक्रबार एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको विरोध प्रदर्शनका...

आलटाल नगरी एमसीसी पास गर्न बाबुराम भट्टराईको आह्वान

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्न आह्वान गरेका छन् । सत्ता साझेदार समेत रहेको जसपा नेता भट्टराईले आलताल नगरी संसदबाट एमसीसी पास गर्नु पर्ने र यसबारे सबै मिलेर बुझाउनु पर्ने बताएका हुन्  ।एमसीसी पास गर्ने बहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुने उनले बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् ' एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!'पछिल्लो समय सत्ता गठबन्धनमा रहेका शिर्ष नेतृत्वबीच एमसीसी पास गर्ने सहमति भएको चर्चा चलेको छ  । आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सहमति भएको बताईएको छ  । तर माओवादी केन्द्रका नेता नारायाणकाजि श्रेष्ठले भने एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा सत्य नभएको बताएका छन् । माओवादी केन्द्र यथास्थितिमा त्यसको पक्षमा नरहेको उनले प्रष्ट पारेका छन् । साथै उनले प्रधानमन्त्री शेर बहादुर देउवाले  एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर नभएको पनि बताएका छन् । उनले भनेका छन् 'कुनै भ्रममा नपरौं ; प्रम देउवाले एमसिसिसँगको सँझौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन। गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ , साथै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।'

एमसीसी पास गरौं, देश कंगाल हुनबाट जोगाऔँ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्।  मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्।  यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ। गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन्।

राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छः डा. कोइराला

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा  गदै उनले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएको सम्झिएर एमसीसी सहमति कायम गरी पास गर्नुपर्नेमा जोड दिए ।

पूर्व प्रधानसेनापति कटवाल भन्छन्– एमसीसी पास भए हाम्रो स्वाभिमान चकनाचुर हुन्छ

पूर्व प्रधानसेनापति  रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । ‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनु