कृषि उपजका बजार समस्या

यसपालि तरकारीको भाउ अत्यधिक सस्तो भएको छ । बन्दा र काउली डेढ रुपैयाँ प्रतिकिलोमा पनि नबिकेर विराश भएका किासनहरूले उत्पादनलाई बारीमा नै कुहिन दिनेसम्मको बाध्यता भोगेका समाचारहरू लगातार आइरहेका छन् । धेरै जिल्लामा आलुको उत्पादन पनि उल्लेख्य मात्रमा बढेको छ । तर, अहिलेकै भाउमा उत्पादनहरू विक्री गर्दा किसानको लगानीको सानो हिस्सा पनि नउठ्ने अवस्था आउनु सुखद पक्ष होइन । यिनै तरकारीहरूको भाउ एक महिना, कहिलेकाहीँ त एक हप्ता पनि नबित्दै पुनः कैयौं गुणा माथि पुगिसक्छ । पोहोर साल आलु प्रतिकिलो रू ५०–६० र काउली ७० सम्म पुगेको थियो । उत्पादन थुप्रिने यो मौसम सकिनेबित्तिकै सबै कृषि उपजहरूको भाउ पुनः उकालो लाग्न थालिहाल्छ । बजारको माग एवं आपूर्तिको दृष्टिले यसलाई एउटा स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । तर, तरकारीको बजारमा एक दुई दिनको फरकमा मात्रै आपूर्ति गर्दा पनि किसानले मूल्यको लाभ लिने अवस्था रहन्छ । र, मुलुकभित्रको उत्पादन कुहिएर फाली नसक्दै विदेशबाट अयात गर्नुपर्ने नियतिलाई हेर्दासमेत यो समस्यामाथि थप चिन्तन अपरिहार्य देखिन्छ । वास्तवमा यो प्रकृतिको समस्या किसानहरूको बजार चेतना, बजार व्यवस्थापनका सीप र न्यूनतम कृषि पूर्वाधारको कमीका कारण देखिएको हो ।   (सम्पादकीयबाट) वर्ष ५, अंक २८, २०६६, चैत २–८  

सम्बन्धित सामग्री

फूलमा बजार व्यवस्थापनकै समस्या

तिहारका लागि विक्री गर्न शहरमा लगिएका फूल विक्री भएनन् अनि व्यापारीले ती फूल सडकमै छाडेर हिँडे । यो निकै दु:खलाग्दो तथ्य हो जसले नेपालमा किन कृषि पेशाप्रति विकर्षण छ र उत्पादन बढिरहेको छैन भन्ने तथ्यलाई उजागर गर्छ । नेपालमा फूलखेती निकै बढेको छ जुन सकारात्मक छ । फूल उत्पादन बढेसँगै सरकारले तिहारमा फूल आयात गर्न प्रतिबन्ध लगायो, प्लास्टिकका फूलमाथि पनि प्रतिबन्ध लगायो । तर, बजार व्यवस्थापनको त्रुटिका कारण नेपाली फूलले बजार पाएन । पहिलो त फूलको आपूर्ति बढेअनुसार मूल्य तय भएन । शुरूमा महँगोमा बेच्न खोजियो तर विक्री नभए पछि मूल्य घटाउँदा पनि विक्री हुन सकेन । कति उत्पादन हुन्छ र कति माग हुन्छ भन्ने सही जानकारी नहुँदा यो समस्या उत्पन्न भएको देखिन्छ । त्यस्तै भारतीय फूल आयातमा प्रतिबन्ध लागे पनि तिनको आयात भयो ।  फूलको विक्री नभएपछि व्यापारीले फूल छाडेर हिँडे । यो अर्को समस्या बन्यो । फूल त्यसरी छाडेर हिँड्नुपर्ने उत्पादन होइन । यसको बहुप्रयोग हुन्छ । त्यसतर्फ सरकारले किसान र व्यापारीलाई जानकारी दिन आवश्यक नै ठानेन । नेपालमै फूलबाट धूप बनाइन्छ । फूलप्रसाद भन्ने स्टार्टअपले चढाइएको फूलबाट विभिन्न सामान बनाई विक्री गर्दै आएको छ । भारतमा फूलबाट बनेका नक्कली छालाका सामान बन्छ । अत्तर बनाउन पनि फूलको प्रयोग हुन्छ । सयपत्रीकै प्रयोग तिहारमा माला लगाउन र घर सजाउन मात्र होइन, विभिन्न उत्पादनका लागि कच्चा पदार्थ पनि हुन्छ । त्यसो हुँदा यसबारे किसानलाई जानकारी दिनु सरकार तथा व्यवसायीको काम हो । त्यस्तै मुलुकमा कमोडिटी मार्केट भएको भए त्यसबाट पनि बजार व्यवस्थापन हुन सक्थ्यो । काठमाडौंमा भने महानगरले विक्री स्थल तोक्दा उल्टो असर पर्‍यो ।  नेपालमा कृषिको विकास हुन नसक्नुको मुख्य कारण नै बजारीकरणको समस्या हो । माग र उत्पादन भए पनि ती दुईलाई जोड्ने संयन्त्र र प्र्रविधिको उचित प्रयोग हुन सकेको छैन । त्यही कारण एकातिर उत्पादनले बजार नपाउँदा उत्पादक समस्यामा परिरहेको हुन्छ भने अर्कोतर्फ त्यस्तो वस्तुको माग गर्नेले सामान नपाइरहेको अवस्थासमेत छ । यो समस्यालाई सम्बोधन नगरेसम्म नेपालमा कृषिको रूपान्तरण सम्भव छैन । कृषि एपमार्फत यी सबै जानकारी दिने तथा सम्बद्ध सबैलाई एकै ठाउँमा आबद्ध गर्नेतर्फ सरकारले नीति निर्माण गर्नुपर्छ ।

बजारस्थिर नहुँदा समस्या भएको किसानको गुनासो

धनकुटा । बजार स्थिर नहुँदा कृषि पेसा नै धरासायी बन्दै गएको धनकुटाका किसानहरुले बताएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाले आयोजना गरेको व्यवसायीक कृषकहरुसंगको अन्तरक्रिया कार्यक्रममा कृषकहरु बजार स्थिर नहुदाँ किसानहरुलाई ठूलो मार परेको बताएका हुन् । बजार स्थिर नहुदाँ कृषि पेसा दिर्घकालिन पेसा बन्न नसकेको, कृषिजन्य उत्पादनको बजारी करणमा समस्या भएको, […]

पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन बेनीका किसानलाई समस्या

म्याग्दी : बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन्। डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ…

कृषिमा समस्या छन्, तर विकल्प छैन

कृषि क्षेत्रमा समस्यै समस्या छ । सरकारले किसानको समस्या समाधानमा चासो दिएको छैन । त्यसैले कृषि क्षेत्र पूर्णरूपमा डामाडोल छ । नयाँ प्रविधि ल्याउने, उत्पादन विविधीकरण गर्ने, आपूर्ति शृंखलाको विकास गर्ने, बजार तथा उत्पादक किसानलाई जोड्ने जस्ता कुराको कुनै ग्यारेन्टी छैन । सरकारले नीति बनाउँछ तर कार्यान्वयन गर्दैन, किसान चिन्तित छन्, मर्कामा छन् । केही […]

दुई अर्बको आधुनिक कृषि बजारलाई जग्गा प्राप्तिमै समस्या

१४ जेठ, बुटवल । बुटवलको सेमलारमा नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतको आधुनिक प्रविधियुक्त थोक कृषि बजार बन्ने प्रक्रिया सुरु भएको चार वर्ष बित्न लागेपनि जग्गा प्राप्तिमा समस्या भएको छ । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ र १६ मा पर्ने सेमलारमा संघीय सरकारको […]

दैलोमै कृषि बजार, किसानलाई सहज

पर्वत । हिउँदमा गाडी चल्ने तर, बर्खामा बन्द हुँदा पर्वत जलजलाका किसानको उत्पादन बारीमा कुहिन्थ्यो । अहिले भने यो समस्या हटेको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न बालीका ब्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वतकै सबैभन्दा बढी व्यावसायिक किसान रहेको पालिका हो । जलजलाका धाइरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महिना तरकारीखेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आफै बजार सञ्चालन गरेका हुन् । गत वर्षअघि शुरू गरेको ‘जलजला कृषि बजार’मा अहिलेसम्म ४ सय किसान जोडिइसकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ । एक जना किसानले १० हजार रुपैयाँका दरले लगानी गरेर शुरू गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि दुईओटा गाडी खरिद गरिएको छ । हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् । कृषि बजार सञ्चालक समितिका अध्यक्ष आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको गाडी गएर बजारसम्म ल्याउँछ । किसानले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ । विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरू गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं, बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले बताएको छ ।

कृषि उपजका बजार समस्या

यसपालि तरकारीको भाउ अत्यधिक सस्तो भएको छ । बन्दा र काउली डेढ रुपैयाँ प्रतिकिलोमा पनि नबिकेर निराश भएका किसानहरूले उत्पादनलाई बारीमा नै कुहिन दिनेसम्मको बाध्यता भोगेका समाचारहरू लगातार आइरहेका छन् । धेरै जिल्लामा आलुको उत्पादन पनि उल्लेख्य मात्रमा बढेको छ । तर, अहिलेकै भाउमा उत्पादनहरू विक्री गर्दा किसानको लगानीको सानो हिस्सा पनि नउठ्ने अवस्था आउनु सुखद पक्ष होइन । यिनै तरकारीहरूको भाउ एक महिना, कहिलेकाहीँ त एक हप्ता पनि नबित्दै पुनः कैयौं गुणा माथि पुगिसक्छ । पोहोर साल आलु प्रतिकिलो रू. ५०–६० र काउली ७० सम्म पुगेको थियो । उत्पादन थुप्रिने यो मौसम सकिनेबित्तिकै सबै कृषि उपजहरूको भाउ पुनः उकालो लाग्न थालिहाल्छ । बजारको माग एवं आपूर्तिको दृष्टिले यसलाई एउटा स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । तर, तरकारीको बजारमा एक दुई दिनको फरकमा मात्रै आपूर्ति गर्दा पनि किसानले मूल्यको लाभ लिने अवस्था रहन्छ । र, मुलुकभित्रको उत्पादन कुहिएर फाली नसक्दै विदेशबाट अयात गर्नुपर्ने नियतिलाई हेर्दासमेत यो समस्यामाथि थप चिन्तन अपरिहार्य देखिन्छ वास्तवमा यो प्रकृतिको समस्या किसानहरूको बजार चेतना, बजार व्यवस्थापनका सीप र न्यूनतम कृषि पूर्वाधारको कमीका कारण देखिएको हो । कुन वस्तु कुन समयमा उत्पादन गर्दा बढी लाभ पाइन्छ भन्ने कुराको जानकारी किसानहरूलाई कम हुनुले धेरैजसो किसान देखासिकी र नक्कल गरेर बाली लगाउँछन् । एउटै गाउँभित्रै पनि जोखिम कम गर्ने कौशल उनीहरूको छैन । वर्ष ५, अंक २८, २०६६, चैत २–८

कृषकलाई छैन बजारको समस्या

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागु गरिएको भएपनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानहरुले बताएका छन् ।गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानहरुले बताएका छन् । जिल्लाको जलजला गाउँपालिका ७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै […]