कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने बताएकी छन् । मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात र निर्यात निर्वाध रुपमा संञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् । बन्द लम्बिदै गएमा किसानलाई सरकारले गर्नसक्ने सहयोगबारे मन्त्रालयले कार्यदल बनाएर छलफल गरिरहेको उनको भनाई छ ।