कृषकलाई छैन बजारको समस्या

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागु गरिएको भएपनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानहरुले बताएका छन् ।गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानहरुले बताएका छन् । जिल्लाको जलजला गाउँपालिका ७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै […]

सम्बन्धित सामग्री

पुष्प व्यवसाय फस्टाउन नसक्नुका तीन कारण

लगानीको वातावरण बन्न नसक्नु, बजारको समस्या र सरकारको उपेक्षाका कारण पुष्प व्यवसायमा सुधार हुन सकेको छैन हेर्दा सामान्य र सानो लाग्ने फूल (पुष्प) व्यवसाय राम्रो आम्दानी गर्न सकिने पेसा हो । नेपालमा...

प्लाष्टिकका सामग्री भित्रिन थालेपछि गाउँघरका उत्पादनलाई बजारको समस्या

गाउँघरमा उत्पादित सामग्रीले बजार नपाउँदा बजारीकरणमा व्यवसायीले चुनौती व्यहोर्नुपरेको छ । ग्रामीण भेगमा पुरानो परम्परागत रुपमा उत्पादन हुने सामग्री सहर बजारमा झट्ट बिक्दैनन् । परम्परागत सामग्रीको ठाउँमा आधुनिक प्रविधिका सामग्री भित्रिन थालेपछि बजारको अभाव सिर्जना भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ दारेचोकका ४६ वर्षीय जितु दर्लामीले उत्पादन गरेका परम्परागत काठजन्य सामग्रीले बजार नपाउँदा अन्यत्र जिल्लामा …

नवलपुरमा चैते धानको उत्पादन बढ्यो, बिक्री गर्न बजारको समस्या

नवलपुर । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । यतिबेला किसानलाई धान स्याहार्ने चटारो छ । तर उत्पादित धान बिक्री गर्न भने बजारको समस्या भएकाले उनीहरू चिन्तित भएका छन् । नवलपुरका किसानलाई यतिबेला चैते धान स्याहार्ने चटारो छ । नवलपुरमा यसवर्ष चैते धानको राम्रो उत्पादन भएको छ । तर धान स्याहार्ने बेलामा दिनहुँ […]

बंगुरपालकलाई बजारको अभाव

कञ्चनपुर – कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ। बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन्। केही दिनअघि मात्रै चार हजार रुपैयाँमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर दुई हजारमा झरेको छ। बङ्गुरको मासु २८० रुपैयाँ प्रतिकिलोका हिसाबले बिक्री हुँदै आएकामा घटेर दुई सयमा झरेको छ। ‘पहिले […]

पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

२ असार, काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र […]

पूँजी बजार अध्ययनका लागि समिति गठन

पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिए।...

धितोपत्र बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन

सरकारले धितोपत्र बजारको विद्यमान समस्या पहिचान तथा समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा उक्त समिति गठन भएको हो । अर्थमन्त्रालय, राष्ट्र बैंक र बोर्डको प्रतिनिधि रहने गरि आजै सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनकारी दिए ।

हाटले हटायो तरकारी बजारको समस्या

रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्‍याउँछन् । उनले जस्तै चन्द्रपुर–४ कप्तान टोलमा अधिकांशले तरकारी खेती गरिरहेका छन् । अधिकांशको तरकारी हाटबजारमा नै खपत हुने गरेकाले बजारको खासै समस्या झेल्नु परेको छैन । ‘गाउँमा नै उत्पादित तरकारी भएकाले चन्द्रनिगाहपुर हाटबजारमा नै खपत हुन्छ’ उनले भने । घर नजिकैको खेतमा मौसमी वा बेमौसमी तरकारी खेती गरेर कप्तान टोलका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । तरकारी खेतीका लागि मलको समस्या पनि यहाँका किसानले भोग्नु परेको छैन । गाईभैंसी पाल्दै आएका यहाँका अधिकांश कृषकले प्राङ्गारिक मल (गोबर) को नै प्रयोग गरेर खेती गर्दै आएका छन् । गाउँघरमा नै उत्पादित तरकारीमा रासायनिक मल वा विषादीको प्रयोग नहुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको चन्द्रनिगाहपुरका शिक्षक गोपाल दाहाल बताउँछन् । हाटबजारमा तरकारी लैजानेबित्तिकै उपभोक्ताले किन्ने गरेको उनको भनाइ छ । तरकारीको स्वाद नै फरक हुने र असर पनि नगर्ने भएपछि गाउँकै तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको कप्तान टोलका कृषकहरू बताउँछन् । कप्तान टोलको मुख्य आयस्रोत नै तरकारी उत्पादन हो । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै चन्द्रपुर नगरपालिकाको ग्रामीण क्षेत्रमा पनि हाटबजार लाग्ने गरेको छ । अहिले चन्द्रपुर नगरपालिका अन्तर्गत गैंडाटार, जुडिबेला, पौराई, चेतनगर, डुमरिया, बालचनपुरमा पनि हाटबजार लाग्ने गरेको छ । कृषिजन्य उत्पादन विक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको चन्द्रपुर नगरपालिकाका अधिकारीहरू बताउँछन् ।