किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदेश १ को नामाङ्कन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा प्रदर्शन गरेको हो । प्रदेश १ को नामकरण किरात गर्नुपर्ने पक्षमा जनदबाब सिर्जनाका लागि र्यालीले दिक्तेल बजार परिक्रमा गर्नुका साथै ठाउँ–ठाउँमा कोणसभा गरिएको छ । पुरानो बेस क्याम्पमा भएको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राई, हाट डाँडामा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला