जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका हुन् । उनले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ को प्रस्ताव राख्ने बताएका छन् । ‘प्रदेश १ को नामकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जनता समाजवादी पार्टी, ने