प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै