विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए। राईपछ