काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीले काठमाडाैं महानगरपालिका–२२ मा रहेको न्यूरोड शाखा स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड पीपलबोटस्थित रमागृह भवनमा भदौ ९ गते उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।
नयाँ शाखा कार्यालय उद्घाटन संस्था सञ्चालक समितिका सदस्य सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रूपमा गरे । कार्यक्रममा न्युरोड क्षेत्रका व्यवसायी तथा संस्थाका पूर्वपदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । हाल कम्पनीले १४ शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।