समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रूपन्देहीको बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । कार्यालय बुटवल उप महानगरपालिका–६, अमरपथमा स्थानान्तरण भएको हो । शाखा कार्यालयको औपचारिक उद्घाटन सोमवारका संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लोहनीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्त्वको विषयमा स्पष्ट पारेका थिए । १३ शाखा संख्या रहेको संस्थाले अर्को वर्ष थप शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । संस्थाले निःशुल्क मोबाइल बैंकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ लगायत सेवा सञ्चालनमा रहेको बताएको छ ।  निक्षेपमा उच्चतम १२ दशमलव ७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ । 

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बुटवल उप महानगरपालिका–५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आएको शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका–६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध […]