प्रोग्रेशिभ फाइनान्सको मुख्य कार्यालय सर्यो

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले बाग्मति प्रदेशको काठमाडौं महानगरपालिका वडा नं २२ पाको, न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोहि वडाको मिरा होम, खिचापोखरीमा स्थानान्तरण गरी कारोबार शुरुवात गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार शुभारम्भ गरेका हुन् ।उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएका छन् । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको  प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जनाएको छ । फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।

सम्बन्धित सामग्री

व्यवसायीसँग समृद्धि फाइनान्सको अन्तर्क्रिया

समृद्धि फाइनान्सले व्यवसायीहरूसँग अन्तर्क्रिया  कार्यक्रम गरेको छ । फाइनान्सको गौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरिपुर नगरपालिकाको पिडारीचोकका स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया  गरेको हो ।  स्थानीय व्यापार–व्यवसाय गरिरहेका व्यवसायीहरू तथा अन्य बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन...

बर्तौला बने समृद्धि फाइनान्सको सञ्चालक

समृद्धि फाइनान्सको सञ्चालक समितिले संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीले प्रतिनिधि सञ्चालक रामकुमार बर्तौलाको स्थानमा दिनेशकुमार बर्तौलालाई मनोनीत गरी पठाएपछि उनी सञ्चालकमा नियुक्त...

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

औरहीमा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यो १०औँ शाखा हो । नयाँ शाखाको औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेको...

समृद्धि फाइनान्सको क्यासब्याक योजना

‘समृद्धिको लागि सहकार्य”’ भन्ने नाराका साथ समृद्धि फाइनान्सले नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र बिक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन् । जसमा ग्याँससँगै क्यास योजना अन्तर्गत फाइनान्सको मोबाइल बैंकिङको क्यूआर प्रयोग गरि ग्यासको खरिद बिक्री गर्दा […]

रिलायन्स फाइनान्सको १५.७९ प्रतिशत लाभांश पारित

रिलायन्स फाइनान्सको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट वितरण हुने १५.७९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।फाइनान्सको चुक्ता पु“जी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैया“ बराबरको लाभांश प्रस्ताव पारित भएको […]

मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ – मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको २४ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस र करसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले […]

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध हुने भएको छ । प्रोटोन गाडीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।

प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा महर्जन

भदौ २, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले संस्थापक समुहतर्फ संचालकमा विकास महर्जनलाई नियुक्त गरेको छ । फाइनान्सको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागु हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको जनाएको छ ।

सिटीजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज

सिटीजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारणसभा बिहीबार हुने भएको छ । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी सेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।