काठमाण्डाै - सरकारले दूधको मूल्य बढाएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ ।
यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ ।
किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आ...