आम उपभोक्ताले सबैभन्दा बढी रुचाएको सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)को प्रशोधित स्टान्डर्ड दूधको विक्री मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्ने भएको छ । संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको र बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ । मूल्य बढाउने निर्णयसंगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ …