दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।
सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा...