काठमाडौं। नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। गण महोत्तरीको जलेश्वर नगरपालिका–९ प्रकौलीमा रहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन्।