सत्ता गठबन्धनले केन्द्रबाट देशभर पाँच दलबीच चुनावी तालमेल गर्ने निर्णय गरे पनि अधिकांश जिल्लामा त्यसको विरोध भएको छ । केन्द्रको निर्णयबमोजिम जिल्लास्तरका कार्यसमितिहरूले तालमेलको प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म केही पालिका बाहेक सिट बाँडफाँडको विषय नै टुंगिएको छैन । सिट बाँडफाँट नमिलेका कारण राजनीतिक दलहरूले उम्मेदवार छानेका छैनन् । उम्मेदवार छान्ने निर्णायक बैठक बसेकै छैनन् । जबकि आइतबार बिहान १० बजेदेखि त उम्मेदवारको मनोनयन दर्ता नै सुरू हुन्छ ।