वडाध्यक्ष हुनु त सूर्यजस्तो

हँसिलो चेहेरा । मिजासिलो व्यवहार र मिठो बोली । सबैलाई सम्मानपूर्वक व्यवहार । दिनरात समाजकै निम्ति दौडधुप । सूर्य लामाको यो विशेषता हो । पहिचान हो । हुनत उनी स्थानीय जनप्रतिनिधि हुन् ।

सम्बन्धित सामग्री

उपनिर्वाचन : जाजरकोटको कुशे–७ मा कांग्रेसका सिंह विजयी - Nepal Japan

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनु

पर्यटकको आकर्षक केन्द्रबिन्दु तिलागुफा

मान्म– कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ मा रहेको तिलागुफा पर्यटकको रोजाइमा पर्न थालेको छ । गुफाकै नाममा नगरपालिका नामकरण हुनु र नगरपालिकामार्फत पूर्वाधार निर्माणसमेत हुनुले तिलागुफा पर्यटक रोजाइमा पर्न थालेको हो ।  कर्णाली राजमार्गदेखि एक सय मिटर तिला नदीको छालमै ४७ मिटर लम्बाइमा रहेको तिलागुफामा दिनहुँ आन्तरिक र कहिलेकाहीँ बाह्य पर्यटक घुमफिर गर्न थालेको वडाध्यक्ष उपेन्द्रप्रसाद […]

लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

ललितपुर – २०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ ।  यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो । रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो ।  उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो ।

कांग्रेसका बागीले जिते वडाध्यक्ष

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार धनपद यादव विजयी हुनु भएको छ । यादव यसअघि कांग्रेसबाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उठ्नु भएको हो । यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मतअन्तरले पराजित गर्नु भएको हो । यादवले ८५३ मत प्राप्त गर्नुभयो भने पाण्डेले ५ […]

स्थानीय तह निर्वाचन: मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

स्थानीय तह निर्वाचन: आज मध्यरातदेखि मौन अवधि

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

धरानमा खानेपानीको चरम अभाव, वडाले किनेर पानी वितरण गर्दै

चैत ७, धरान । सुक्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले पानी खुवाउन नसक्दा धरानका जनता काकाकुल हुने अवस्थामा पुगेका छन् । नेपाल खानेपानी संस्थानलाई हटाएर धरान खानेपानी बोर्ड गठन गरेर पानी वितरणको जिम्मा दिइएको थियो । विगतमा खानेपानी संस्थान रहदा भन्दा भयावह अवस्था हुनु विडम्बना भएको जनप्रतिनिधिहरु बताउँछन् । धरान उपमहानगरपालिका ९ नं का वडाध्यक्ष रत्न कटुवालले बोर्डले खानेपानी खुवाउन नसकेपछि वडाबाटै खानेपानीका लागि टेन्डर आह्वान गरेको बताए ।  उनले भने, ‘पटक पटक खानेपानी खुवाउनका लागि बोर्डमा डेलिकेशन ग¥यौ, तर उसले खानेपानी खुवाउन सकेन, हामीले ०७९ सम्मका लागि ९ हजार लिटर पानीका लागि टेन्डर आह्वान गरेका छौं, बोर्डले खुवाउन नसकेका कारण वडाबाटै हामीले पानी खुवाउन लागेका हौ ।’ जनप्रतिनिधीहरुले नै खानेपानी संस्थनालाई बोर्डमा ल्याउन माग गरेका थिए । उनले भने, ‘खानेपानी संस्थानलाई बोर्डमा समाहित नगर्दा कार्यपालिकाको बैठक, नगरसभा बहिष्कार गर्‍यौ, बोर्डमा आइसकेपछि धरानमा खानेपानीको अभाव हुँदैन भन्ने हामीलाई लागेको थियो, तर अहिले आएर त्यसको ठीक उल्टो भयो ।’ वडामा पानीको चरम अभाव भएपछि बोर्डलाई नै भनेर केही समय अगाडि पानी खुवाउदा सर्वसाधारणले तछाडमछाड गरेर पानी थापेको वडाध्यक्ष कटुवाल बताउँछन् । उनले छिट्टै खानेपानी अभाव भएको गौतमपथ, पूर्णपथ, आचार्यलाइन, विनायकपथमा पानी वितरण गरेर वितरण गर्न लागिएको कटुवाल बताउँछन् । उनी भन्छन्, ‘सोमवार यी स्थानमा ५ ओटा ट्यांकरबाट २५ हजार लिटर पानी वितरण गर्दैछौं ।’ उनले सम्झौता अनुसार पानी नआएकोले आयोजना फेल भएको बताए । उनले भने, ‘बोर्डका व्यवस्थापक राजु पोख्रेलले कुम्भीआलमा सात सेकेन्डमा २०० लिटर पानी आएको देखाए, अहिले दुई घण्टामा पनि त्यति पानी आउदैन ।’ उनले बोर्डले पनि खानेपानीकै संरचनालाई सुधार्न नसक्दा सुक्खा मौसममा विगतको भन्दा भयावह अवस्था बताए । उनले भने, ‘खानेपानीको ४० वर्षदेखि गाडिएको पम्प खिया लागेको, मर्मत नभएकोले खानीपानी पर्याप्त आउन नसकेको हो । उनले भने, ‘सम्झौता अनुरुप एक दिनमा १ करोड ५२ लाख पानी आउने, १६ घण्टा सर्वसाधारणको धारामा पानी आउने भनिएको थियो, हामीलाई १६ घण्टा चाहिएन २ घण्टा मजाले पानी आए पुग्छ ।’ बोर्डले पानी वितरण प्रक्रिया व्यवस्थीत गर्न नसक्दा खानेपानीको अभाव बढ्दै गएको कर्मचारीहरु बताउँछन् । परियोजनाको सम्झौता अनुरुप नै पानी उत्पादन भए पनि वितरण प्रणाली वैज्ञानिक नभएको बोर्डका प्राविधिक चुडामणि गुरागाईको भनाइ छ ।  उनले भने, ‘दुई ओटा पम्प अझै सञ्चालनमा आएको छैन, त्यसबाहेक पनि सम्झौता अनुरुप पानी आएको छ, वितरण प्रणालीमा के छ त्यो मलाई थाहा छैन, उत्पादन भएपनि वितरण प्रणालीमा समस्या हुनसक्छ ।’

घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र गर्न लागिएको हो । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिए । ‘पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ,’ उनले भने, ‘कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना शुरू गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ । कच्ची, साँघुरो र ग्रेड नमिलेको सडक फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३ दशमलव ७५ किलोमिटर कालोपत्र गर्न २०७५ मङ्सिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरणका साथ दैनिक १२० मजदुर परिचालन गरिएको बताए । ‘शिख क्षेत्रमा सबबेस राख्ने काम भइरहेको छ, घारको धरमपानी, खिवाङ र मूलपानीमा कल्भर्ट निर्माण शुरू भएको छ,’ उनले भने, ‘तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र शुरू गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरेका छौं ।’ २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण व्यवसायीले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो–छिटो परिवर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिराको समस्याले ढिलाइ भएको हो । काम शुरू भएदेखि आयोजनाका पाँच प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले पछिल्लो समय सडक निर्माणले तीव्रता पाएपछि आशा जागेको र उत्साहित बनाएको बताए । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महŒव छ । सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

बस्तीमा जङ्गली हात्तीको आतंक

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष