बस्तीमा जङ्गली हात्तीको आतंक

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष

सम्बन्धित सामग्री

मनहरीमा जङ्गली हात्तीको आतंक

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीले आतंक मच्चाएको छ । हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ । आइतबार राति ८ः ३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ […]

सुनसरी र मोरङमा जङ्गली हात्तीको आतंक, तीन दिन नबित्दै २ जनाको ज्यान गयो

विराटनगर । सुनसरी-मोरङका पूर्व पश्चिम सडक खण्डको चार कोशे जङ्गल क्षेत्रमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेको छ । २५ भन्दा बढी जङ्गली हात्ती सुनसरी मोरङका जंगल क्षेत्रमा धन जनको क्षति पुर्‍याउने गरेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र […]