होम आइसोलेसनमा रहेको संक्रमितलाई स्वास्थ्य सामग्री

कञ्चनपुर : होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले आठवटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।कोभिड–१९ संक्रमितहरुका लागि ३९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलब्ध गराइएको हो। किटको मूल्य करिब १२ लाख रुपैयाँ रहेको छ।भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालि

सम्बन्धित सामग्री

आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।   कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो । वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए ।  “कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, ...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ वटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७ सय थान केएन ९५ मास्क, ८ सय लिटर स्यानिटाइजर, ७ हजार थान ग्लोब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १ सय थान पीपीई सेट, अक्सिजन सिलिन्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ । ‘हामीले जिल्लाका १२ वटै स्थानीय तहसहित नेपाल प्रहरीका विभिन्न युनिट, सशस्त्र प्रहरीका बेस क्याम्प, नेपाली सेनाका ब्यारेक तथा कोभिड–१९ संक्रमित बिरामीले उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले भने । श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत,  नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यसहितको टोलीले सम्बन्धित कार्यालयमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले सबै स्थानमा सर्जिकल ४ हजार थान मास्क, ७५ थान केएन ९५ मास्क, २० लिटर स्यानिटाइजर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्का बेला जनउत्तरदायी काम गर्ने उद्देश्यल स्वास्थ्य सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी निरन्तर कोभिड–१९ नियन्त्रणमा सघाउँदै आएको जानकारी दिए । जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भए उद्योग वाणिज्य महासंघले काठमाडौंको क्षेत्रपाटीमा स्थापना गरेको आइसोलेसनमा सम्पर्क गर्न र अक्सिजन अभाव भएसमेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । हिमालय सीमापार बाणिज्य संघले पनि चौतारा अस्पताल र तातोपानी भन्सार कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका अध्यक्ष ईश्वरी श्रेष्ठलाई कोभिड–१९ रोकथामका लागि १० हजार थान मास्क, ६५ लिटर स्यानिटाइजर र २० थान पीपीई सेटलगायत स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरे । तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदुर संघ, सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकीलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघले चीनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै जाने जनाएको छ ।

कोरोना संक्रमितलाई संघको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशले आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीका लागि औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलेसनमा उपचाररत बिरामीका लागि करिब ५२ हजारभन्दा बढी मूल्यको रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालमै पहिलो पटक सुर्खेतस्थित प्रदेश आयुर्वेद औषधालय परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलसनमा उपचाररत कोरोना संक्रमितलाई सामाजिक उत्तरदायित्वअन्तर्गत औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको संघका कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा आयुर्वेद औषधीको प्रभावकारिता र महत्व बढिरहेका बेला संघले संक्रमितलाई रोगबाट छिटो राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले जानकारी दिए । ‘प्रदेश आयुर्वेद औषधालय र नेपाल आयुर्वेद औषधी व्यवसायी संघबीच राम्रो सम्बन्ध छ,’ उनले भने, ‘आयुर्वेदको प्रभावकारिताबारे जडीबुटीको धनी प्रदेश कर्णालीमा औषधी बिक्री गर्नु मात्र नभई नागरिकलाई आयुर्वेदको प्रयोग र महत्वबारे बुझाउन प्रयासरत छौं ।’ हरेक बिरामीका लागि पारम्परिक भए पनि आयुर्वेदको महत्व पहिले र अहिले पनि उत्तिकै रहेको उनको दाबी छ । आगामी दिनमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदको महत्वलाई बुझेर औषधी तथा स्वास्थ्य सामग्री थप सहयोग गरिने उनले बताए । संघद्वारा सहयोग गरिएको औषधी तथा स्वास्थ्य सामग्री बुझ्दै औषधालयका प्रमुख डा. शंकरप्रसाद रेग्मीले कोरोना रोकथाम तथा नियन्त्रणमा संघको समेत भूमिका उच्च रहेकाले जवाफदेहितासहित महामारीबाट सिर्जित संकटविरुद्ध औषधालयसँग सहकार्य गर्न आग्रह गरे । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले महामारीका बेला मानवीय मूल्य–मान्यतालाई प्राथमिकता दिँदै मानव सेवामा जुट्न आग्रह गरे । उनले कोरोनाको विश्वव्यापी संकटका बेला आयुर्वेद औषधी बिक्रेताद्वारा आइसोलेसनमा उपचाररत बिरामीलाई गरेको सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे । औषधी तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक एवं सुर्खेतका पदाधिकारीलगायत सहभागी थिए ।

कोरोना संक्रमितलाई भेट्न जनप्रतिनिधि घरदैलोमा

दाङको घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेट्न घरघरमा पुग्न शुरूआत गरेका छन् । घोराही उपमहानगरपालिका–१४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरासहित संक्रमितका घरमा पुगी सेवा दिइरहेका छन् । घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा. पुनले जानकारी दिए । हालसम्म सो वडामा ८ संक्रमितको  मृत्यु भएको छ भने २५५ संक्रमित छन् ।  वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा ...

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री

बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।...

सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री

सप्तरीको सप्तकोशी नगरपालिकाले होमआइसोलेशनमा रहेका  सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्न शुरुआत गरेको छ  ।  होम आइसोलेसनमा रहेका वडा नम्बर १, २ र ८ का ११  सङ्क्रमितका घरमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सङ्क्रमितका घरमा पुगी स्वास्थ्य अवस्था बुझेर औषधि वितरण गरिएको वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिए । नगर प्रमुख उत्तम शर्माको नेतृत्वको टोलीमा वडा सदस्य हुसेन, प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक प्रराज चौलागाई, स्वास्थ्य चौकीका महेन्द्र झा र राजकुमार दा...

स्वास्थ्य सामग्रीबिनै होम आइसोलेसन : भगवान् भरोसामा जीवन

काठमाडौं : आइतबार साँझ भेन्टिलेटर बैंकका सह संस्थापक डा. विशाल ढकालले सामाजिक सञ्जालमा ट्विटरमा एउटा भिडियो पोस्ट गरे। त्यस भिडियोमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले साथमा राख्नुपर्ने स्वास्थ्य सामग्री सहितको जानकारी छ। उक्त भिडियोमा उनले भनेका छन, 'होम आइसोलेसनमा बसेका संक्रमितले साथमा राख्नुपर्ने सामग्री यस्ता...

आइसोलेशनमा तोडफोड, स्वास्थ्य सामग्री चोरी

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको आइसोलेशन तोडफोड गर्नुका साथै स्वास्थ्य सामग्री चोरी भएको छ ।  खाँदबारी नगरपालिका–७ नयाँ बजारमा रहेको हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालको झण्डै १५ लाख रुपैयाँको लगानीमा आइसोलेशन निर्माण गरिएको थियो । आइसोलेसनमा बिहीबार राति तोडफोड गर्नुका साथै स्व...