कोरोना संक्रमितलाई घर-घरै भेटेर मास्क-सेनिटाइजर र पोषिलो खानेकुरा दिँदै जनप्रतिनिधि
भेटमा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिहरूको बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री र पोषिलो खानेकुराको रुपमा अण्डा दिने गरिएको छ।
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ ।
पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पो...
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ ।
बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।
जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् ।
पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ ।
जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन ।
पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।
नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ । हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ । ‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।
संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । ‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन् । यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ ।
उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उहाँले थप्नुभयो, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ ।”
स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ । झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन् । उहाँले भन्नुभयो, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन् ।”
'झरीमा कष्टसाथ रात काट्न थालेेको चार दिन भयो। स्थानीय प्रशासक चढेको गाडी यहींबाट पटकपटक ओहोरदोहोर गर्छ तर कसैले एकमुठी पनि खानेकुरा दिएनन्।' तिलाठी कोइलाडी गाउँपालिका–५ का देवकुमार मुखियाको भनाइ हो यो। बाढीबाट विस्थापित उनको परिवार आफन्तले पठाएको त्रिपालमुनि हनुमाननगर–कुनौली बाँधको छेउमा भोकभोकै बस्दै आएको छ।