दाङको घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेट्न घरघरमा पुग्न शुरूआत गरेका छन् ।
घोराही उपमहानगरपालिका–१४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरासहित संक्रमितका घरमा पुगी सेवा दिइरहेका छन् ।
घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा. पुनले जानकारी दिए । हालसम्म सो वडामा ८ संक्रमितको मृत्यु भएको छ भने २५५ संक्रमित छन् ।
वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा ...