सप्तरीको सप्तकोशी नगरपालिकाले होमआइसोलेशनमा रहेका सङ्क्रमितलाई घरघरमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गर्न शुरुआत गरेको छ ।
होम आइसोलेसनमा रहेका वडा नम्बर १, २ र ८ का ११ सङ्क्रमितका घरमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सङ्क्रमितका घरमा पुगी स्वास्थ्य अवस्था बुझेर औषधि वितरण गरिएको वडा नम्बर २ का वडा सदस्य जाहिर हुसेनले जानकारी दिए । नगर प्रमुख उत्तम शर्माको नेतृत्वको टोलीमा वडा सदस्य हुसेन, प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक प्रराज चौलागाई, स्वास्थ्य चौकीका महेन्द्र झा र राजकुमार दा...