बाढी र डुबानप्रभावितलाई राहत आवश्यक - Karobar National Economic Daily
तराईका जिल्लाहरूमा आएको भीषण बाढीका कारण मुलुकले ठूलो क्षति बेहोरेको छ । उद्योगी–व्यवसायी मात्र होइन, किसानले समेत ठूलो क्षति बेहोरे । मुलुकको अर्बौं बराबरको सम्पत्ति नष्ट भएको छ भने कैयौं…
काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्।
मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो ।त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ रा
मेलम्ची बाढी प्रभावितहरूका लागि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा राहत वितरण प्रभावकारी नभएको स्थानीयहरुले गुनासो गरेका छन् । हेलम्बुका बाढी प्रभावितहरुले राहत मेलम्चीमा केन्द्रीत भएको र हेलम्बुमा आएपनि सबैले पाउन नसकेको गुनासो गरेका छन् ।हेलम्बुमा पुगेका कतिपय हेलिकोप्टरले चाउचाउ मात्र लिएर जाने र फोटो खिचेर फर्केको उनीहरुको भनाइ छ । हेलम्बुका स्थानीय मनिष तामाङले भने, ‘ग्याल्थुममा माथिबाट हेलिकोप्टर आयो र चाउचाउ खसालेर गयो । त्यो ठाउँमा चाउचाउ आवश्यक छैन, आवश्यक पर्ने कुराहरु अरु धेरै
काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल नेपालले सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र चनौटेका बाढी पहिरोपीडितलाई राहत वितरण गरेको छ।वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को नेतृत्वको टोली लिएर राहत लिएर शुक्रबार प्रभावित क्षेत्र पुगेको थियो। टोलीले खान पकाउने प्रेसरकुकर, कराही, थाल, कचौरा, जग, डाडु, पन्यु, थाललगायत भान्सामा आवश्यक वस्तु उपलब्ध गराएको हो।वाइसिएलले कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै तयार गरेको ‘विपद राहत कोष’बाट राहत सामग
सुर्खेत : कर्णाली प्रदेश भौगोलिक रुपमा निकै विकट छ। कर्णालीका अधिकांश ठाउँका बस्तीहरु जोखिमपूर्ण छन्। मौसम परिर्वतनसँगै कर्णालीका विभिन्न जिल्लामा आउने बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट कर्णालीले अर्बाैं रुपैयाँको क्षति बेहोर्दै आएको छ।मुख्यगरी बर्खायाममा आउने बाढी र पहिरोले मानवीय तथा भौतिक नोक्सान गर्दै आएको छ। यस विपतको समयमा सरकारलाई राहत र पुनर्स्थापनामा भने हम्महम्मे पर्ने गर्छ। तर, विपत न्यूनीकरण र त्यसका लागि आवश्यक सामनाहरुको समेत तयारी थालिएको छैन। बाढी पीडितलाई तत्का