कर्णालीमा बर्सेनि बाढी र पहिरोको प्रकोप, छैन पूर्व तयारी

सुर्खेत : कर्णाली प्रदेश भौगोलिक रुपमा निकै विकट छ। कर्णालीका अधिकांश ठाउँका बस्तीहरु जोखिमपूर्ण छन्। मौसम परिर्वतनसँगै कर्णालीका विभिन्न जिल्लामा आउने बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिबाट कर्णालीले अर्बाैं रुपैयाँको क्षति बेहोर्दै आएको छ।मुख्यगरी बर्खायाममा आउने बाढी र पहिरोले मानवीय तथा भौतिक नोक्सान गर्दै आएको छ। यस विपतको समयमा सरकारलाई राहत र पुनर्स्थापनामा भने हम्महम्मे पर्ने गर्छ। तर, विपत न्यूनीकरण र त्यसका लागि आवश्यक सामनाहरुको समेत तयारी थालिएको छैन। बाढी पीडितलाई तत्का

सम्बन्धित सामग्री

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्...

बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न माग

सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढी–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढी र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढी पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम

काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो । बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा […]

बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा […]

बाढी र पहिरो प्रभावितको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न नेता सिंहको आग्रह

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदुरपश्चिम लगायतका विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण गएको बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेता सिंहले बाढी, […]

पुनःस्थापना प्याकेज ल्याउन दार्चुलाको दुहुँका बाढी पहिरो पीडितको माग

धनगढी – दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार र संघीय […]

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए। गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई […]

२६ जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा

काठमाडौं। मनसुन सुरु भएपछि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका २६ वटा जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा परेका छन्। अविरल वर्षाको कारण बाढी पहिरोमा परी ठूलो धनजनको क्ष्ति भएको गृह मन्त्रालयले जनाएको छ। अविरल बर्षासँगै आएको पहिरो र बाढीले देशभर ४६२ वटा निजी घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ।

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ। अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्, बन्दीपुरमा पहिरोमा पुरिएको एक जनाको उद्दार गरिएको छ भने एक जना बेपत्ता रहेको र घाइतेलाई अस्पताल लगिएको छ,’ उनले भने।