काठमाण्डाै – प्रतिपक्षी दलका शीर्ष नेताहरूले बाढी, पहिरो र डुबानबाट नागरिकको सुरक्षा गर्न र विस्थापितका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।
दलका नेताहरूले बिहीवार (आज) संयुक्त विज्ञप्ति निकालेर बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतका काम तत्काल प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दु...