काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न निर्देशन दिनुभएको छ ।
लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी/पहिरोमा परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको हो । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको भन्दै उहाँले बाढी र पहिरोमा प्रभावितलाई सुरक्षित ठाउँमा सार्न र औषधि उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्था ग...