काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।आयोगले आज एक विज्ञप्ति निकालेर दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनको लागि यस विषयलाई समावेश गर्न विशेष आग्रह गरेको हो।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि साना तथा ठूला दलहरु चुनावी घोषणा पत्रको तयारीमा जुटेका बेला आयोगले ध्यानाकर्षण गराएको हो।नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले