उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

सम्बन्धित सामग्री

मतपत्रको गोप्यता कायम गर्न आयोगको आग्रह

प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् ।कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले भने, […]

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशन बमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान क

विद्युतिय मतदान यन्त्र साउन मसान्तसम्म उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौं, १६ असार । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा […]

कसको दबावमा नपरी मतदान गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनमा आफ्नो अधिकारको बारेमा सचेत रहँदै कसको दबावमा नपरी मत हाल्न मतदाताहरूलाई अनुरोध गरेको छ । बिहीबार काठमाडौं पत्रकार सम्मेलन गर्दै आयोगले कसैको प्रभावमा नपरी निर्भिकताका साथ आफूले उपर्युक्त ठानेको जनप्रतिनिधिलाई भोट हाल्न अपिल गरेको हो ।पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई आग्रह गरे । उनले निर्वाचन आयोगबाट जारी आचारसंहिताको पूर्ण पालना गर्न/गराउन,

निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । भोलि (शुक्रबार) स्थानीय तहका ७५३ वटै पालिकामा मतदान हुँदै छ । मतदान लगत्तै मतगणना सुरु हुने पनि उनले बताए ।

मतदान गर्न जाँदा यी कुरा नगर्न आयोगको आग्रह

काठमाडौं, २६ वैशाख : वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै  स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका […]

बैशाख २८ देखि ३० गतेसम्म विद्यालयमा विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह

बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा बैशाख २८ देखि ३० गतेसम्म विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार बालुवाटारमा भएको छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई ‘आईटी बेस’ मा लैजान सरकारको ध्यानाकर्षण गराएका हुन् । परम्परागत मतदान प्रणालीलाई हटाएर समयानुकुल प्रविधिमैत्री संरचनामा गइनुपर्ने उनको धारणा थियो । जसअनुसार आयोगले विद्युतीय मतदानमा जोड दिएको छ भने त्यसका लागि भोटिङ मेसिनदेखि मतगणना यन्त्रलगा