राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषयमा समावेश गर्न आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दलहरूलाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो ।