राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न ध्यानाकर्षण गराएको छ । मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भन्दै आयोगले मानव अधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तर्राष्ट्रिय महासन्धिहरुलाई नेपालले स्वीकार गरिसकेको सन्दर्भमा मानव अधिकारप्रतिको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरूको पनि हुने प्रस्ट पारेको छ ।यसै सन्दर्भमा आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभ