काठमाडौं : प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत पाएका छन् भने एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाए।
काठमाडौं : नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्दैछ। दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्ने सांसद रेखा शर्माले जानकारी दिइन्।प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि प्रस्तुत गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता बन्ने निश्चित छ। सांसद शर्माले अरुको दाबी नरहेको र प्रचण्ड नै सर्वसम्मत दलको नेता चयन हुने जानकारी दिइन्। प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकका १४ गरी ३२ जना सांसद
धनगढी : राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरू बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरूको नाम दलहरूले बुझाएका हुन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद
हेटौंडा : प्रतिनिधिसभाको समानुपातिकमा आफूले पाएको सिटमा सांसद बन्नेको नाम राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएका छन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।जसमा बागमती प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्ने मौका २९ जनाले पाएका छन्।नेपाली
सुदूरपश्चिमका १६ प्रतिनिधि सभामध्ये माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिएकोमा शून्य भएको छ । प्रदेशसभाका ३२ क्षेत्रमध्ये १२ उम्मेदवारी दिएकोमा आठ क्षेत्र मात्रै जितेको छ । बाजुरामा मतगणना सुरु हुन नसकेकाले प्रदेश र प्रतिनिधिसभा दुवै तर्फको नतिजा आइसकेको छैन । बाजुराबाट प्रतिनिधिसभामा माओवादी उम्मेदवार नभएपनि प्रदेश सभा ‘क’ बाट कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।प्रतिनिधिसभातर्फ कञ्चनपुर १ बाट माओवादी नेता बीना मगर एमालेका तारा लामा तामाङसँग ५ हजार ५४६ मतको फराकिलो मत अन्तर
सत्ता गठबन्धनमा रहेर निर्वाचनमा सहभागी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ सो पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । देशभरमा विभिन्न १५ क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रका दाहालले आफ्ना प्रतिद्वन्द्वी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गर्नुभएको छ । …
१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ । ‘हाम्रो दाबी ६० सिट हो । त्यही अनुसार कार्यदलमा हाम्रा साथीहरुले धारणा राख्नुहुन्छ,’ […]