सिन्धुली २ बाट खोल्यो माओवादी केन्द्रले प्रतिनिधिसभाको खाता

सत्ता गठबन्धनमा रहेर निर्वाचनमा सहभागी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ सो पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । देशभरमा विभिन्न १५ क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रका दाहालले आफ्ना प्रतिद्वन्द्वी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गर्नुभएको छ । …

सम्बन्धित सामग्री

माओवादीले सिन्धुलीबाट जितको खाता खोल्यो

नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जितको पहिलो खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार लेखनाथ दहाल ‘राजन’ले पाँच हजार ८ सय ३० मतान्तरले जीत हाँसिल गरेका...

माओवादीले खाता खोल्यो : सिन्धुली–२ मा लेखनाथ दाहाल निर्वाचित

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट पहिलो जित निकालेको छ । सिन्धुली–२ मा माओवादीका लेखनाथ दाहाल विजयी भएका छन् । दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत ल्याएका छन् । […]

खोल्यो माओवादीले खाता, सिन्धुलीमा गाड्यो झण्डा

नेकपा माओवादी केन्द्रले सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्यमा जितको खाता खोलेको छ । मतगणनाको चौथो दिनमा माओवादीले बल्ल पहिलो जित हासिल गरेको हो ।

खोल्यो माओवादीले खाता, सिन्धुलीमा गाड्यो झण्डा

नेकपा माओवादी केन्द्रले सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्यमा जितको खाता खोलेको छ । मतगणनाको चौथो दिनमा माओवादीले बल्ल पहिलो जित हासिल गरेको हो ।

प्रतिनिधिसभामा माओवादी केन्द्रले  खाता खोल्यो

काठमाडौं : प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले  खाता खोलेको छ। सिन्धुली–२ मा माओवादी केन्द्रका  लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत पाएका छन् भने एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाए।

प्रतिनिधिसभामा माओवादी केन्द्रले खाता खोल्यो

सिन्धुली। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोलेको छ। सिन्धुली निर्वाचन क्षे नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका हुन्। दाहालले नेकपा एमालेका मनोजजंग थापालाई पराजित गरेका हुन्। दाहालले २७ हजार ५१७ मत ल्याउँदा थापाले भने २१ हजार ६८७ मत पाए।

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]