काठमाडौं : पछिल्लो समय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित सुरक्षित बनाउने भन्दै नयाँ नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्ने घोषणा गर्याे। तर, नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको तीन दशक बितिसक्दा पनि खाडी मुलुककै भर पर्नुपर्ने अवस्था छ।वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित बनाउन सरकार/मन्त्री फेरिएसँगै पहिलो पटक बोलिने भाषणमा प्राय बोल्ने गरिन्छ। पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नेपालीका लागि श्रम गन्तव्य मुलुकको खोजी गरिने बताएका थिए। नेपा