गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । गृहले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।
सरुवा अनुसार डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई बाहिनी हेटौँडाबाट सशस्त्र प्रहरी मुख्यालय सरुवा गरिएको छ । हेटौँडामा किशोर प्रधानलाई पठाइएको छ । यसैगरी बराह बाहिनी सुनसरीमा कमल गिरीलाई सरुवा गरिएको छ भने त्यहाँका बाहिनीपति वंशीराज दाहाललाई पशुपति बाहिनी काठमाडौं ल्याइएको छ ।