सशस्त्र प्रहरीका एक एसपीले सरुवा गरेको एक महिनासम्म पनि रमाना लिएका छैनन् ।
सशस्त्र प्रहरी मुख्यालयले माघ २५ गते सरुवा गरेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन कार्यस्थल गएका छैनन् ।
मुख्यालयले उनलाई ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । उपत्यकाको ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनी मुख्यालयको निर्देशनलाई लत्याउँदै त्यहीँ बसेको सशस्त्र प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
सशस्त्र प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने उनले तराईका जिल्लामा आफू जान पाउनु पर्ने भन्दै अडान राख्दै आएका छन् ।&n...