काठमाण्डाै – सशस्त्र प्रहरी कर्मचारीले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले 'एक जवान एक बेडिङ' अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामानमात्रै बोकेर गए हुने भएको जनाइएको छ ।
यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । ‘अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ’, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहर...