केयर रेटिङ्गस नेपालले २१.०५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

केयर रेटिङ्गस  नेपालले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १५ गते बिहिबार पुतलीसडक स्थित आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो ।कम्पनीले सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।त्यस्तै सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको कार्यालयको ठेगाना परिवर्तन गर्ने, सोहि अनुसार प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ । यो कम्पनी भारतको केयर रेटिंग लिमिटेडको सहायक कम्पनी हो । यसमा विशाल समुह, इमार्जिंग नेपाल , नेपाल पुनर्बिमा, ग्लोबल आईएमई बैंक, प्रुडेन्शियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतको लगानी छ । 

सम्बन्धित सामग्री

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]

लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]

महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा सम्पन्न, २१.०५२६ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।यसैगरी वार्षिक साधारणसभा

गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा : १३ प्रतिशत लाभांश पारित

गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ क

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्...

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ क

लुम्बिनी बैंकको १४ औं वार्षिक साधारणसभा : १३.६८ प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।लुम्ब

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

निफ्राको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको तेस्रो वार्षिक साधारणसभा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने […]

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो । ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते […]