गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ क