लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।लुम्ब