महालक्ष्मी विकास बैंकको २० औं साधारणसभा सम्पन्न, २१.०५२६ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।यसैगरी वार्षिक साधारणसभा

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकको २२ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ।सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९।०८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण छलफलपश्चात् स्वीकृत भएका छन्।यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९।०८० सम्मको मुन

महालक्ष्मी विकास बैंंकको १०.४७ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार लैनचौरस्थित लैनचौर ब्याङ्केटमा भएको साधारण सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको...

महालक्ष्मी विकास बैंंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित बीसौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह […]

महालक्ष्मीको सभा शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ। फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ।...

रोकियो तीन कम्पनीको साधारणसभा

तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ । जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।  जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो । जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

अदालतको आदेशपछि महालक्ष्मी विकास बैंकको आज हुने भनिएको साधारणसभा स्थगित

महालक्ष्मी विकास बैंकको आज माघ ३ गते सोमबार हुने भनिएको साधारणसभा पनि स्थगित भएको छ  । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै बैंकले आज माघ ३ गतेको लागि सभा आह्वान गरेको थियो ।तर उच्च अदालत पाटनले साधारणसभा नगर्न अन्तरिम आदेश दिएसंगै आज हुने भनिएको बैंकको सभा स्थगित भएको हो । बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले सभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गर्दै साधारणसभा रोक्न आदेश दिएको थियो । यिनै निवेदकले संचालकको निर्वाचनको समबन्धमा अर्को मुद्दा पनि दायर गरेकोले यी २ विषय अन्तरसमबन्धित भएकोले अर्को मुद्दाको निवेदनको टुंगो नलागेसम्म सभा तोक्न अदालतले आदेश दिएको हो । उक्त मुद्दाको पेशी आज तोकिएको छ ।अदालतको आदेशमा भनिएको छ  “यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा विचार गर्दा, यीनै निवेदकले यीनै विपक्षीहरु उपर यस अदालतमा दायर गरेको ०७८-wo-०६४६ नं. को निवेदनको रोहबाट निवेदनमा उल्लेखित महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा र निर्वाचन सम्बन्धी विषयमा अन्तरिम छलफल गर्नको लागि मिति २०७८/१०/०३ लाई पेशी तोकिएको स्थितिमा बैंकको वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्वन्धित भएको हुँदा सुविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त ०७८-wo-०६४६ को रिट निवेदनको अन्तरिम आदेश सम्वन्धी छलफलको टुङ्गो नलागेसम्मको लागि विपक्षी महालक्ष्मी विकास बैंक लि.को स्थगित भई पुनः मिति २०७८/१०/०३ मा गर्ने भनिएको साधारण सभा नगर्नु नगराउनु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी दिएको छ' ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

महालक्ष्मी विकास बैंकले बाेलायाे साधारणसभा, २१ प्रतिशत लाभांश पारित हुने

५ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गतेका लागि साधारणसभा आह्वान गरेको छ । आर्मी अफिसर्स क्लबमा आयोजना हुने साधारणसभाले बैंकले लाभांश पारित गर्ने प्रस्ताव लैजाँदैछ । वार्षिक साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र […]

महालक्ष्मी विकास बैंकले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा यही पुस २५ गते हुने भएको छ। सोही अवसरमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत […]

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकको साधारणसभाले अन्य बैंकहरुसँगको मर्जर तथा प्राप्तिको प्रस्तावलाई समेत खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले राख्ने  प्रस्तावल