मकवानपुरबाट यस वर्षको दसैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गरिने भएको छ । साविकको खाद्य संस्थान तथा हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गर्ने भएको हो । दशैंमा खपत हुने मासुको लागि मकवानपुरका विभिन्न कृषि सहकारी संस्थासँगको समन्वयमा कम्पनीले खसी बोका काठमाडौं निर्यातको व्यवस्थापन गरेको छ । कम्पनीले हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको तत्कालीन खाद्य संस्थानको कार्यालयबाट खसी बोका खरिद, संकलन र ढुवानीको व्यवस्थाप