आर्थिक मन्दीको प्रत्यक्ष असर खसी-बोका विक्रीमा, सस्तोमा विक्री गर्ने बाध्यता

नेपालीहरुको महान पर्व दशैंका अवसरमा सर्वाधिक विक्री हुने खसी-बोका व्यापारमा यसपटक आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव देखिएको छ । जनताको क्रयशक्ति घटेपछि खसी-बोकाको मूल्य सस्तिएको छ । राजधानी काठमाडौं उपत्यकामा खसी-बोका आपूर्ति हुने तराईका विभिन्नन जिल्लाहरुमा अहिले अघिपछिको भन्दा सस्तो मूल्यमा विक्री गर्नुपरेको किसानको दुःखेसो रहेको छ । सिराहामा यस्तै अवस्था रहेको छ । लहानको हाटमा …

सम्बन्धित सामग्री

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु विक्री

रुकुम पश्चिम। रुकुम पश्चिममा एक वर्षको समयमा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु विक्री भएको छ । गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख ८ हजार रुपैयाँको माछामासु विक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए। उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा २ करोड ५ लाख रुपैयाँको विक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए। 'तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका विक्री भइरहेको छ', उनले भने । जिल्लामा गत आव २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् ८ लाख ९ हजार दुई सय २० केजी मासु उत्पादन भएर विक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् २ लाख ३१ हजार केजी उत्पादन भएको छ ।  जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन, काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ । स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उनको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस