दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने, घटस्थापनादेखि विक्रि

सरकारले यस वर्षकाे दसैंका लागि ३ हजार खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौं उपत्यकामा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार  खसी बोका तथा च्याङ्‍ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौंमा आउनेछन् भने घटस्थापनादेख

सम्बन्धित सामग्री

आर्थिक मन्दीको प्रत्यक्ष असर खसी-बोका विक्रीमा, सस्तोमा विक्री गर्ने बाध्यता

नेपालीहरुको महान पर्व दशैंका अवसरमा सर्वाधिक विक्री हुने खसी-बोका व्यापारमा यसपटक आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव देखिएको छ । जनताको क्रयशक्ति घटेपछि खसी-बोकाको मूल्य सस्तिएको छ । राजधानी काठमाडौं उपत्यकामा खसी-बोका आपूर्ति हुने तराईका विभिन्नन जिल्लाहरुमा अहिले अघिपछिको भन्दा सस्तो मूल्यमा विक्री गर्नुपरेको किसानको दुःखेसो रहेको छ । सिराहामा यस्तै अवस्था रहेको छ । लहानको हाटमा …

यस्तो छ खसी, बोका र च्यांग्राको सरकारी मूल्य (तस्बिरहरू)

काठमाडौं, कार्तिक १ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ। कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसी, बोका र च्यांग्रा बेच्न थालेको हो। कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी–बोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ५० रुपैयाँमा […]

काठमाडौंमा दसैंको लागि खसी, बोका र च्याङ्ग्रा किन्नेहरुको भिड (फोटोफिचर)

काठमाडौं, १५ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले आजदेखि खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । दशैंका लागि खाद्यले खोलेको सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । साथै कलंकी नजिकैको […]

खाद्य तथा व्यापार कम्पनीबाट खसी बोका बिक्री

दसैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार […]

सुपथ मूल्यमा खसी-बोका किन्नेको चाप

काठमाडौं । बडा दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ । खाद्यको काठमाडौं थापाथलीस्थित वागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण भैरहेको हो । कम्पनीसँग एक हजार खसीबोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीबार दिउँसो सम्ममा तीन सय वटा […]

खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० […] The post खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कति खसी-बोका चाहिन्छ उपत्यकाका लागि दशैंमा ?

यस वर्षको बडा दशैंका लागि राजधानी काठमाडौं उपत्यकाका लागि लगभग ७० हजार खसी-बोका आवश्यक पर्ने अनुमान गरिएको छ । विगत दुई वर्षको दशैं कोरोना संक्रमणका कारण अलिक खल्लो भएको र यसपटक कारोनाको कहर नरहेका कारण अघिल्ला वर्षको तुलनामा बढी खसी-बोका आवश्यक पर्ने बताइएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यो वर्ष …

दसैं तिहारलाई खसी बोका किन्ने तयारी

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैंका लागि दुई हजार खसी, बोका र एक हजार च्यांग्रा खरिद गरी उपत्यकामा बिक्री गर्ने तयारी गरेको छ । विगतका दसैंमा जस्तै यस वर्ष पनि खसी, बोका र च्यांग्रा बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना रहेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिनुभयो । दसैंमा […]

थालियो खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण

२१ असोज, काठमाडौं । काठमाडौं महानगरका चौपाया बजारमा खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो । परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ […]

मकवानपुरबाट १ हजार खसी बोका काठमाडौं निर्यात गरिने

मकवानपुरबाट यस वर्षको दसैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गरिने भएको छ । साविकको खाद्य संस्थान तथा हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि १ हजार खसी बोका काठमाडौं निर्यात गर्ने भएको हो । दशैंमा खपत हुने मासुको लागि मकवानपुरका विभिन्न कृषि सहकारी संस्थासँगको समन्वयमा कम्पनीले खसी बोका काठमाडौं निर्यातको व्यवस्थापन गरेको छ ।  कम्पनीले हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको तत्कालीन खाद्य संस्थानको कार्यालयबाट खसी बोका खरिद, संकलन र ढुवानीको व्यवस्थाप