थालियो खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण

२१ असोज, काठमाडौं । काठमाडौं महानगरका चौपाया बजारमा खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो । परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ […]

सम्बन्धित सामग्री

खसीबोका च्याङ्ग्रा बिक्री शुरु- परीक्षण नगरिएको चौपाया नकिन्न आग्रह

काठमाडौं । पशु सेवा विभागले उपत्यकावासीलाई स्वस्थ मासु खुवाउन दशैंको लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । विभागले सबै नागरिकलाई स्वस्थ्य मासु मात्र खान आग्रह गर्दै सोमबारबाट स्वास्थ्य परीक्षणसहित बिक्रि शुरु भएको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीका अनुसार खाद्य व्यवस्थाले २ हजार खसीबोका र १ […]

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी - दशैँलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डाैलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलवार हिजाेसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुुभयो । 'जोमसोमको नाकाबाट मङ्गलवार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ', उहाँले भन्नुुभयो, 'पछिल्लो त...

मुस्ताङबाट करीब १२ हजार भेडा–च्याङ्ग्रा निकासी

असोज २२, मुस्ताङ । दशैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करीब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् ।  तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए । निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करीब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन्’, उनले भने । पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रू. १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।  गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रू. पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्याङ्ग्रा खरीद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रू. पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए । ‘अघिल्लो वर्ष प्रतिगोटा रू. २५ हजारसम्ममा खरीद गथ्र्यौँ, यस वर्ष रू. ३५ हजारसम्म परेको छ, पोखरासम्म पु¥याएर विक्री गर्दा रू. ४० हजारसम्ममा बिक्री गर्ने हो’, ठकुरीले भने । यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याइएको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई रू. ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दशैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ । रासस