गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म
लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले
कहिले कथा सफलताको सुनाइहिँड्छु म
कहिले व्यथा
लीला निरौला/खोटाङ ।
खोटाङ – वैदेशिक रोजगारी सम्बन्धी सचेतनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गन्धर्व गीति यात्रा सुरु गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो सबै वडामा सञ्चालन गर्ने गरी गएको जेठ २९ गते दिक्तेलबाट गन्धर्व गीति यात्रा गरिएको हो ।
गीत सङ्गीतको माध्यमबाट वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक सन्देश फैलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षित आप्रवासन सामी का...
राजेश जिसी प्युठान । कुनै समयमा सूचनाका संवाहकको रुपमा चिनिने गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुुँदै गएका छन् । देश विदेश र गाउँघरमा भए गरेका घटनालाई सारङगीको धुन र गीतकाे लयबाट सुनाउँदै हिंड्ने गन्धर्व समुदायको हिजो-आज गाउँघरमा देख्न छाडिएको हाे। यस पेशा हराउदै जान थालेपछि याे समुदायका युवाहरु मौलिक बाजा सारङगीको संरक्षणमा जुटेका छन् । […]
बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुन्छिन् । अहिले उनिमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उनिसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् । उनले भनिन “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना […]
सारङ्गी रेट्दै गाउँगाउँ डुलेर समाजका विभिन्न घटना, पौराणिक विषयलाई मौलिक भाकामा सुनाउँदै हिँड्ने गन्धर्व (गाइने) जाति अचेल जीविकोपार्जनका लागि वैकल्पिक पेसा अँगाल्न बाध्य भएका छन् । सारङ्गीको तालमा सुमधुर भाका हालेर विभिन्न घटनालाई गाउँगाउँ डुलेर सुनाउँदै हिँड्ने बौद्धिक श्रम छाडेर अचेल गन्धर्वहरू शारीरिक श्रम गर्दै गुजारा चलाउन थालेका छन् ।नयाँ पुस्तामा सारङ्गीप्रतिको मोह घट्दै गएको र गाउँगाउँ डुलेर गीत गाउनुभन्दा अन्य रोजगारीका माध्यमबाट आय आर्जन गर्नु नै उचित लाग्न थालेपछि सारङ्गीका धुन सुस्त
अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासको जिप पार्कमा मृत अवस्थामा भेटिएका हुन् ।सोमबार बिहान मृत अवस्थामा भेटिएका उनको पहिचान भइसकेको र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
काठमाडौंः सारङ्गी भिलेज फाउन्डेसनद्वारा प्रकाशित अनुसन्धानमूलक पुस्तक 'नेपालका रैथाने गन्धर्व सभ्यता' विमोचन भएको छ। दीपक नेपाली, डिबी नेपाली र गोविन्द नेपालीको संयुक्त लेखन रहेको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको हो।नेपालका गन्धर्व जातिबारे अनुसन्धान गरी लेखिएको पुस्तकमा सारङ्गी र गन्धर्व जातिको उत्पत्तिदेखिका कुरा समेट्न खोजिएको लेखकमध्ये एक दीपक नेपालीले बताए।उनले भने, '१५ वर्षअघि मलाई म को हो, मेरो अस्तित्व के हो, मेरो उत्पत्ति के हो भन्ने जस्ता प्रश्नले सताइरहन्थ्य
७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]
काठमाडौं । संगीतकर्मी कृष्ण गन्धर्व ‘लोक बहादुर स्मृति पुरस्कार’बाट सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शुक्रबार काठमाडौंको टोखामा आयोजित २० औं वार्षिक साधारण सभामा उनलाई १५ हजार नगद सहित सो सम्मान प्रदान गरिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजी र टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीलगायतले उनलाई फुलमाला र प्रम