गन्धर्व बस्तीको नाम फेरियो, परिस्थिति उस्तै

सारङ्गी रेट्दै गाउँगाउँ डुलेर समाजका विभिन्न घटना, पौराणिक विषयलाई मौलिक भाकामा सुनाउँदै हिँड्ने गन्धर्व (गाइने) जाति अचेल जीविकोपार्जनका लागि वैकल्पिक पेसा अँगाल्न बाध्य भएका छन् । सारङ्गीको तालमा सुमधुर भाका हालेर विभिन्न घटनालाई गाउँगाउँ डुलेर सुनाउँदै हिँड्ने बौद्धिक श्रम छाडेर अचेल गन्धर्वहरू शारीरिक श्रम गर्दै गुजारा चलाउन थालेका छन् ।नयाँ पुस्तामा सारङ्गीप्रतिको मोह घट्दै गएको र गाउँगाउँ डुलेर गीत गाउनुभन्दा अन्य रोजगारीका माध्यमबाट आय आर्जन गर्नु नै उचित लाग्न थालेपछि सारङ्गीका धुन सुस्त