कृष्ण थापाको प्रदेश सांसद पद खारेज (आदेशसहित)

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ म

सम्बन्धित सामग्री

फणिन्द्र देवकोटामाथिको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश

फ्लोर क्रस गरेर कारबाहीमा परेपछि प्रदेश सांसद पद गुमाएर सर्वोच्च पुगेका फणिन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश

दीपक मनाङेको प्रदेश सांसद पद गुम्ने खतरा

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेका अर्थात राजीव गुरुङको प्रदेश सांसद पद गुम्ने खतरा वढेको छ। सर्वोच्च अदालतले गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ। मनाङे ४ मंसिरको ...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा

सुर्खेत, २७ फागुन : कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन् । ‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु,’ उनले भने,‘तत्कालै […]

प्रदेश सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

८भदौ, काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेकपा एमालेमा प्रवेश गरेपछि यी दुई सांसदलाई माओवादी केन्द्रले गत […]

गण्डकी प्रदेश सांसद थापाको पद खारेज

पोखरा। गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापालाई यसअघि पुनर्बहालीका लागि गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रराज अधिकारी लगायतले भ्याकेट निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहनेगरी दिएको आदेश रद्द गरेको हो।

गण्डकी प्रदेश : पार्टीको ह्विप नमान्ने जनमोर्चाका सांसद थापाको पद खारेज हुने

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङव

माओवादी केन्द्रका प्रदेश सांसद न्यौपाने र पन्थी पदमुक्त

२४ चैत, बुटवल । माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी …

मन्त्रीबाट बर्खास्त सोडारीको सांसद पद पनि संकटमा, कानुनमा के छ ?

काठमाडौं – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका प्रदेश सांसद दीर्घ सोडारीको सांसद पद पनि जाने भएको छ ।  पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेको भन्दै बर्खास्तीमा परेका सोडारीको सांसद पद पनि पार्टीको साधारण सदस्यबाट समेत निष्कासनमा परेसँगै धरापमा परेको हो ।...