रुकुम पश्चिम – पालिका सरकारले सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिएकोे सामाजिक सुरक्षा भत्ता यहाँका ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाले आर्थिक वर्ष बितिसक्दा पनि पाएका छैनन् ।
आठबीसकोट नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाका नाममा जम्मा गरिएको भत्ता सेन्चुरी कमर्सियल बैंकको ढिलासुस्तीका कारण सम्बन्धितले पाउन नसकेका हुन् ।
गएको आर्थिक वर्षको पहिलो किस्ताको रकम सम्बन्धित वडा कार्यालयबाटै वितरण गरिएको थियो । दोस्रो र तेस्रो किस्ताको रकम नगरपालिकाले बैंक खातामा जम्मा गर...