सत्ता खोसिएको आवेगमै बित्यो एमालेको वर्ष दिन

२९ असार, काठमाडौं । ‘भोलि त एक वर्ष पूरा हुन्छ, विश्वमै नभएको परमादेश । इतिहासमै नभएको परमादेशको एक वर्ष हुन्छ,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्पादकहरूसँग भने । एक वर्ष अगाडि, ३० असार ०७८ मा पनि अध्यक्ष ओलीको आक्रोश यस्तै थियो । कार्यकर्ताको मार्चसहित बालुवाटारबाट बालकोट पुगेका ओलीले भनेका थिए, ‘चुनाव हारेर म […]

सम्बन्धित सामग्री

तोसिमाको गाली खाएका स्वास्थ्यमन्त्री बस्नेतको वर्ष दिन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले मंगलबार संसदीय समितिमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाटै हटाउनुपर्ने माग गरिन् । स्वास्थ्यमन्त्रीले हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौँको चलखेल गरिरहेको कार्कीको आरोप थियो । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सांसद कार्कीले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने […]

‘कर्पोरेट मेयर’का वर्ष दिन : असफल प्रयासमै रुमल्लिए

पाठयपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, हाइड्रो पावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा धनराजको आबद्धता छ । तीन दशकमा आफूलाई व्यवसायमा स्थापित गरेका आचार्यले सरकारी काम गर्दा भने रुमल्लिरहेका छन् ।

मेलम्ची बाढीको वर्ष दिन : अझै सुरु भएन पुनःनिर्माणको काम

मेलम्ची : मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो। सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन। गत वर्ष…

पाँचवटा बस वर्ष दिन थन्काएर संस्थालाई दिँदै मधेस सरकार

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले खरिद गरेका ती बस पछिल्लो सरकारले कार्यविधिलाई कारण देखाएर सञ्चालनमा ल्याएन। अहिले आएर मधेस सरकार ती बस प्रयोग नगर्ने निर्णयमा पुगेको हो।...

परीक्षा लिएको वर्ष दिन वित्यो, कहिले आउँन्छ नतिजा?

काठमाडौं, माघ १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम […]

आत्मनिर्भर घोषणा भएको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटमा

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको वर्ष दिन नपुग्दै पोल्ट्री व्यवसाय संकटको अवस्थामा पुगेको छ । दाना बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ मकै र भटमासको भाउ अन्तरराष्ट्रिय बजारमा आकाशिएको छ भने कुखुरापालक किसानको संख्या ह्वात्तै घटेर चल्लाको माग घटी लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने अवस्था आएको छ । यसबाट व्यवसाय संकटतर्फ उन्मुख भएको बताइएको छ । सरकारले गत चैतमा पशुपक्षीमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर, यही क्षेत्र अहिले समस्यामा देखा परेको छ । दानाको भाउ आकाशिएपछि कुखुरापालन व्यवसायबाट केकति किसानपछि हटे भन्ने यकिन तथ्यांक पोल्ट्री व्यवसायी महासंघसँग छैन । तर, अहिले कुखुरापालक किसानको संख्या ठूलो परिमाणमा घटेको व्यवसायीहरू बताउँछन् । यही कारण ह्याचरी उद्योगहरूसमेत जटिल अवस्थामा पुगेका छन् । महासंघका महासचिव दिनेश मिश्रले दानाको मूल्य आकाशिएसँगै किसानहरूले कुखुरा पाल्न छाडेर चल्लाको माग एकाएक घटेपछि ह्याचरी उद्योगहरू समस्यामा परेको बताए । उनका अनुसार विगत ६ महीनादेखि कच्चा पदार्थको मूल्य निरन्तर बढेर अहिले २ गुनासम्मले बढेको छ र दानामा प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको छ । ६० रुपैयाँ किलो पर्ने भटमास १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्ने गरेको छ । २८ रुपैयाँ किलो पर्ने मकै ४० रुपैयाँसम्म पर्ने गरेको उनले सुनाए । सरकारले अहिले मकै र भटमास आयात गर्दा लाग्ने भन्सार शुल्क १ दशमलव ६ प्रतिशतबाट बढाएर १० प्रतिशतसम्म पुर्‍याएको छ । ‘दानाको ८० प्रतिशत कच्चा पदार्थका रूपमा प्रयोग हुने मकै र भटमासमा १० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने बाध्यताले पोल्ट्री व्यवसायी अझ बढी हतोत्साहित बनेका छन् । सरकारको यस्तो नियमले पोल्ट्री क्षेत्रलाई धराशयी बन्ने अवस्थामा पुर्‍याएको छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । नेपालमा दाना उत्पादन गर्न आवश्यक पर्ने ८० प्रतिशत मकै र करीब ९९ प्रतिशत भटमास अमेरिका, ब्राजिल र भारतलगायत देशबाट आयात गर्ने गरिन्छ । दानाको मूल्य अत्यधिक रूपमा बढेर कुखुरापालक किसान घटेपछि चल्लाको माग घटेसँगै ह्याचरी उद्योगहरूले चल्लाको उत्पादन लागतभन्दा आधाकम मूल्यमा चल्ला विक्री गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार अहिले ब्रोइलर कखुराको एउटा चल्लाको उत्पादन लागत ५५ देखि ६० रुपैयाँसम्म पर्छ भने विक्री मूल्य २५ रुपैयाँमा झरेको छ । ७० रुपैयाँ लागत लाग्ने लेयर्स कुखुराको चल्ला ४० रुपैयाँमा विक्री गर्न पनि धौधौ परेको उनले बताए । त्यसैगरी ३५ रपैयाँ लागतमा उत्पादन हुने बोइलर चल्ला १० रुपैयाँमा बेच्दा पनि किन्ने मान्छे नभएको उनको अनुभव छ । एक समय ब्रोइलर चल्लाको विक्री मूल्य १ सय १० रुपैयाँसम्म हुने गरेको थियो । विगत ५ महीनादेखि नेपालको पोल्ट्री क्षेत्र ओरालो लागिरहेको उनले जानकारी दिए । नेपाली पोल्ट्री बजारमा सामान्य अवस्थामा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गरेको थियो । हाल यो परिमाण घटेर ३० लाखमा झरेको छ । अहिले यसरी मूल्य घट्नुको पछाडि कुखुरा पालनमा बढी जोखिमका कारण किसानहरूको कम आकर्षण हुनु पनि एउटा प्रमुख कारणका रूपमा रहेको सरोकारवालाहरू बताउँछन् ।

सौर्यमण्डलको यस्तो ग्रह जहाँ ४२ वर्ष दिन र ४२ वर्ष रात हुन्छ

७ जेठ, काठमाडौं । हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैमा विशेष यो अर्थमा छन् कि सबैका आ आफ्नै अद्धितीय विशेषताहरु छन् । सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहीँ चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांस ग्यासबाट बनेको ग्रह हो । त्यसैले यसलाई ग्यास दानब पनि भनिन्छ । अरुण […]

मध्यरातमा जन्मेको जसपा : मनमुटावमै बित्यो वर्ष दिन

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको आज एक वर्ष बितेको छ । २०७७ बैशाख १० गते मध्यरातमा दुई दल बीच एकीकरण भएको थियो ।जसपा गठन भएसँगै पार्टी दुई गुटमा विभाजन भयो । एकीकरण भएको एक वर्ष नबित्दै यो पार्टी फुटको संघारमा पुगेको छ । यद्यपि, नेताहरुले पार्टी नफुट्ने दाबी गर्न भने छाडेका छैनन् ।जसपामा एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गरेका छन् भने अर्को गुटको नेतृत्व उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेका छन् । दुई अलग–अलग विचार र सिद्धान्त

कलाकारको वर्ष दिन : कोको तानिए विवादमा ?

काठमाडौँ । विसं २०७७ आजदेखि बिदा हुँदैछ । कोरोना कहरमै सुरु र अन्त्य भएको यो वर्ष नेपाली कला क्षेत्रका लागि सुखद रहन सकेन । जम्मा ४ वटा मात्रै फिल्म प्रदर्शनमा आएकाले यो वर्ष फिल्म निर्माणका हिसाबले पनि निराशाजनक रह्यो ।गीतसङ्गीतको कुरा गर्ने हो भने यो वर्ष साङ्गीतिक बजारमा थुप्रै गीतसङ्गीत भित्रिए । तर, कालजयी र सदाबहार गीतको अभाव भने खड्किरह्यो । अश्लील एवं भद्दा शब्दले भरिएका केही गीत र रिमेक भर्सनले भने साङ्गीतिक बजार तताउन सफल रहे ।काम र सिर्जनाको हिसाबले शून्यजस्तै रहेको २०७७ बिर्सन लायकको