परीक्षा लिएको वर्ष दिन वित्यो, कहिले आउँन्छ नतिजा?

काठमाडौं, माघ १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम […]

सम्बन्धित सामग्री

इपिएस रोजगारी : मागको तीन गुणा मात्र आवेदन लिइने

दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तीन गुणा सङ्ख्यामा मात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, मानव संसाधन विभाग (एचआरडी) कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि सो कुरामा सहमति भएको हो । पछिल्लो समयमा इपिएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या अत्यधिक भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको इपिएस शाखाले जनाएको छ ।

अब विश्वविद्यालय भद्रगोल बन्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालय भद्रगोल नहुने बताएका छन्। मंगलबार दाहालले विश्वासको मत लिँदै हाल देखिएको बेथिति अन्त्य गर्ने बताएका हुन्।उनले भने, ‘शिक्षामा व्यापक सुधार गरिनेछ। विश्वविद्यालय भद्रगोल हुँदैन‚ अब बन्दैन।’ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा भएको वर्ष दिन बित्दा पनि अझै नतिजा दिन सकेको छैन भने उत्तरपुस्तिका हराएपछि पुन: परीक्षा समेत लिएको छ।नेपाल खुला विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयह

परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।

बलात्कारपछि गर्भवतीलाई अभिभावकबाटै अस्वीकार

१७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् ।

समस्या पन्छाउँदै गाउँपालिका हाँकिरहेका महिला

डडेल्धुराको भागेश्वरी गाउँपालिकाकी अध्यक्ष हुन्, कौशिलाकुमारी भट्ट। २८ वर्ष लागेकी भट्टले गाउँपालिका हाँकेको १ वर्ष हुन लाग्यो। यही अवधिमा उनले थाहा पाएको कुरा हो, गाउँपालिका चलाउन जताततै समस्यैसमस्या छन्। र यही नै उनको परीक्षा पनि। वर्ष दिन हुन लाग्यो गाउँपालिका कार्यालय टहरामा बसेको। टहराको कार्यालयमा न कर्मचारी छन् नत साधन स्रोत नै। गर्नुपर्ने काम भने…